रुकुम पश्चिममा ‘यात्रु सुरक्षा अभियान’ सञ्चालन

रुकुम पश्चिममा ‘यात्रु सुरक्षा अभियान’ सञ्चालन

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लामा यात्रु सुरक्षा अभियान सञ्चालन गरेको छ ।

सबै नागरिकलाई सबै घटनाबाट सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा उक्त अभियान सञ्चालन गरिएको हो ।

मंगलबार अभियान अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार चोकमा ‘यात्रु सुरक्षा अभियान सम्बन्धिका विभिन्न श्रव्यदृश्य सामाग्री प्रदर्शन गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकलाई विभिन्न अपराध, ट्राफिक नियम, सवारी दुर्घटना, प्रकोप लगायतबाट सुरक्षित बनाउन यो अभियान सुरु गरिएको हो ।

उक्त अभियान जिल्लाका सबै प्रहरी चौकीहरु मार्फत राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग व्यवसायी, यातायात व्यवसायी, व्यापारी, समाजसेवी, विद्यालय तथा बजार व्यवस्थापन समितिका सदस्यहरू, प्रहरी तथा अन्य कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाज तथा सरोकारवाला सबैसँग छलफल समन्वय गरेर सञ्चालन हुने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार