विकासको प्रमुख चुनौनी नै तोकिएको समयमा गुणस्तरिय काम नहुनु हो : जिसस प्रमुख गौतम

विकासको प्रमुख चुनौनी नै तोकिएको समयमा गुणस्तरिय काम नहुनु हो : जिसस प्रमुख गौतम

लुम्बिनी गौतम के.सी. जिल्ला समन्वय प्रमुख, रुकुम पश्चिम

जिल्लाको समग्र विकासका लागि समन्वयको भूमिका निर्वाह गर्न देशभरि जिल्ला समन्वय समिति क्रियाशील स्थानीय तह, प्रदेश संघ सरकारको पुलको रुपमा काम गर्न सक्ने समन्वय समिति अधिकारविहीन भएर बसेको अवस्था तथापि रुकुम पश्चिममा पालिकाहरुबीचको समन्वयको काम भने गरिरहेको रुकुम पश्चिमको विकास जिल्ला समन्वय समितिको भूमिकाका विषयमा समन्वय प्रमुख लुम्बिनी गौतम केसीसँग उजेली न्यूज डटकमको लागि गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको सम्पाद

  • संघियता कार्यान्वयन पछि जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भएको रुकुम पश्चिमका स्थानीय तहहरुसँग समन्वय कसरी भैरहेको ?

संघियता कार्यान्वयन अगाडि जिल्ला विकास समितिलाई आम नागरिकले विकासे अड्डाको रुपमा चिन्थे । यस कार्यालयबाट पूर्वाधार निर्माण तथा सीप विकास र चेतना अभिबृद्धिका कामहरु हुने गरेका थिए । अहिले पनि केहि नागरिकले यस कार्यलयबाट सोहि खालको कामको अपेक्षा गर्ने गर्दछन् । तर संघियता कार्यान्वयन पछि यो कार्यालयको नाम र काम फेरिएको छ । यस कार्यालयको काम अनुगमन, मुल्याडकन, समन्वय र सहजीकरणको रहेको छ । त्यसैले जिल्ला समन्वय समितिबाट जिल्ला भित्रका सरकारी तथा गैह्र सरकारी क्षेत्रबाट संचालित विकास निर्माण सम्बन्धि कार्यक्रमहरुको प्रभावकारीता तथा गुणस्तरियताको सम्बन्धमा विभिन्न चरणमा अनुगमन गरिने र त्यस्ता कार्यक्रमहरुको गुणस्तर, लाभ एवं प्रतिफलको वितरणका सम्बन्धमा आवश्यक सुझाव र मार्गदर्शन गर्ने गरिएको छ । जिल्ला भित्रका सबै स्थानीय तह संघिय र प्रदेश सरकारका कार्यालयहरु र गैह्रसरकारी संस्थाहरु विच समन्वय र सहजीकरण गर्ने कार्यलाई तालिकाबद्ध बनाईएको छ ।

  • तपाईहरुका कामहरु मध्ये अनुगमन प्रमुख कामको रुपमा देखिन्छ यसलाई प्रभावकारी बनाउन के गर्न सकिन्छ होला ?

हामीले अनुगमनको कामलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार अनुगम तथा पुणः अनुगमन गर्ने, पत्रकार तथा विकासका सबै साझेदार पक्षलाई साथमा लिएर प्रभावकारी बनाउन सकिन्छ भन्ने लागेको छ । जिल्लाको विकास निर्माण सम्बिन्ध कार्यमा गुणस्तर तथा सन्तुलन कायाम गर्नका लागि संघिय, प्रदेश र स्थानिय तहका कार्यालयहरुलाई सुझाव र पृष्टपोषण दिने कामलाई निरन्तर जारी राख्नुपर्ने देखिन्छ ।

  • जिल्लामा प्राकृतिक श्रोत साधनको प्रयोग कसरी भै रहेको ?

जिल्लाको प्राकृतिक श्रोत मध्य मुलतः जल, जमिन र जंगल नै हो । जलको प्रयोगको कुरा गर्दा यो श्रोत मुलतः सिचाई, खाने पानी र साना जलबिधुत आयोजनामा प्रयोग भएको छ । केहि ठूला विधुत आयोजनाको संभावना छ र ती कार्यान्वयन गर्न सकिन्छ कि भनेर प्रक्रिया अगाडि बढेको छ । जंगलमा जडिबुटिको उत्पादन तथा निकासीको काम भै रहेको छ । जगल क्षेत्रले जिल्लाको काठ तथा दाउराको आवश्यकता धानेको स्थिति छ । जमिनको प्रयोग मूलत खेतिपाति प्रयोग भएको सबैलाई जानकारी भएकै विषय भयो । जल र जंगलको योजनाबद्ध प्रयोगको आवश्यकता छ ।

  • रुकुम पश्चिमको विकासको आधारहरु के देख्नुहुन्छ यहाँको विकासको प्रमुख चुनौती के हो ?

विभिन्न तहका सरकारहरुमा रुकुमका नेताहरुको बलियो उपस्थिति र विकास प्रतिको गहिरो चासो छ । स्थानिय सरकार र जनताहरु पनि विकासको सवालमा गंभिर रुपले प्रयत्नशिल छन् । यो स्थितिमा विकासको लागि आवश्यक श्रोत ब्यवस्थापन र सदुपयोगको राम्रो संभावना रहन्छ र यो नै हाम्रो बिकासको बलियो आधार हो । प्रचुर प्राकृतिक श्रोत साधनले पनि रुकुमको विकासलाई गति दिनेछ । विकासमा चुनौतिको कुरा गर्दा तोकिएको समय र गुणस्तर काम नहुने मुख्य समस्याको रुपमा रहेको छ ।

  • जिल्लामा केहि विकास निर्माणका योजनाहरु लामो समय देखि पूरा नभएर अलपत्र अवस्थामा रहेका छन् यी योजनाहरु तत्काल सुचारु गर्न केहि पहल गर्नु भयो ?

सार्वजनिक खरिद ऐन र नियमावलीले सम्बन्धित कार्यालय प्रमुखहरुलाई समयमा काम नहुने सवालमा जवाफदेही नबनाउदा समयमा काम नगर्ने ठेकेदारहरुलाई कार्वाही हुदैन र १० औं वर्ष सम्म कामहरु अलपत्र पर्ने गरेको छ । यो एक राष्ट्रिय समस्याको रुपमा रहेको छ । जिल्लामा अलपत्र परेका कामको सम्बन्धमा संबन्धित कार्यालय प्रमुखहरुलाई सचेत गराउने काम भै रहेको छ ।

  • रुकुम पश्चिम युद्ध पर्यटनको गन्तब्यको रुपमा पनि चिनिन्छ यहाँको पर्यटन प्रवद्र्धनको लागि कस्ले के के गर्नुपर्छ

स्थानीय सरकारहरु, प्रदेश तथा संघ सरकारका पर्यटन मन्त्रालयले पर्यटन विकासको सवालमा ध्यान केन्द्रित गर्न जरुरी छ । नीजि क्षेत्रले पनि स्तरिय होटेल ब्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार