रुकुम पश्चिममा लघुबित्त कर्मचारी मञ्च गठन

रुकुम पश्चिममा लघुबित्त कर्मचारी मञ्च गठन

मुसिकोट । रुकुम पश्चिममा लघुबित्त कर्मचारी मञ्च गठन गरिएको छ । लघुबित्त संस्थामा आवद्ध कर्मचारीहरुको हकहित र सुरक्षाको लागि लघुबित्त कर्मचारी मञ्च गठन गरिएको हो ।

आज मुसिकोटमा भएको भेलाबाट स्वाबलम्बन लघुबित्त संस्थामा कार्यरत देब सिंह ठकुरीको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति चयन गरिएको छ ।

मञ्चको बरिष्ट उपाध्यक्षमा संगम देवकोटा, उपाध्यक्षमा दलबहादुर ओली, हस्तबहादुर कुँवर, श्रीकृष्ण गिरी र सुशिल बस्नेत चयन हुनुभएको छ ।

यस्तै महासचिवमा गोविन्द थापा, सचिवमा महेन्द्र खत्री, बेग बहादुर ओली, सिर्जना केसी र कोषाध्यक्षमा चन्द्रमणी शाही मल्ललाई चयन गरिएको छ । मञ्चको सूचना अधिकारीमा गोविन्द शाहीलाई चयन गरिएको महासचिव गोविन्द थापाले जानकारी दिनुभयो ।

नवगठित मञ्चमा जिल्लामा विभिन्न क्षेत्रमा रहेका लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरु आवद्ध भएको मञ्चका महासचिव गोबिन्द थापाले जानकारी दिनुभयो ।

यस्तै भेलामा बर्तमान अबस्थामा लघुबित्तको क्षेत्रमा देखिएका समस्याहरु कसरी समाधान गर्ने, अराजक गतिबिधिहरुको कसरी सामना गर्ने लगायतको बिषयमा पनि छलफल भएको महासचिब थापाले जानकारी दिनुभयो ।

रुकुम पश्चिममा १० वटा लघुवित्त संस्था रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार