एमालेको ‘मिसन ग्रासरूट’ अभियान : गोतामकोटमा अभिमुखीकरण

एमालेको ‘मिसन ग्रासरूट’ अभियान : गोतामकोटमा अभिमुखीकरण

मुसिकोट । रुकुम पश्चिममा नेकपा (एमाले) ले संगठन विस्तार अभियान अन्तर्गत ‘मिसन ग्रासरूट’ अभियान जारी राखेको छ ।

पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तरगत आज जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ५ गोतामकोटमा कार्यकर्ताहरु सँग अभिमुखीकरण सम्पन्न गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रतननाथ योगी, जिल्ला कमिटी उपसचिव रचना मल्ल, पदम खडका, नरसिङ बिस्ट,गोबिन्द मल्ल,देबि प्रसाद शर्मा, नगर कमिटी अध्यक्ष दिनेश चन्द, लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

के हो मिसन ग्रासरूट अभियान ?

मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान भएको एमालेका महासचिव शंकर पोखरेलले बताउनु भएको छ ।

उहाँका अनुसार समग्रतामा सिंगो पार्टीलाई आम जनतासँग जोड्ने अभियान हो । भविष्यमा एमालेलाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नेगरी पार्टीको सदस्यतालाई भौतिक उपस्थितिमा व्यवस्थित गर्ने अभियान भएको पनि पोखरेलले जानकारी दिए । यस अभियानवाट पार्टी सदस्यको वास्तविक अभिलेख प्राप्त हुने र पार्टी सदस्यहरुको विशिष्टिकृत क्षमताको पहिचान हुने उनको विश्वास छ ।

बुँदागत रूपमा यस्तो छ अभियानको उदेश्य

– नयाँ पुस्तालाई पार्टीमा जोड्ने काम हुनेछ । नेतृत्व विकासको सम्भावना वोकेका युवा नेतृत्वको पहिचान हुनेछ ।
– सबै टोल र वस्तीमा पार्टी कमिटी विस्तार गरिनेछ। आधारभूत तहका कमिटीहरुको पुनर्गठनको आधार तयार हुनेछ ।
– पार्टी सम्वद्ध सबै जनसंगठनका आधारभूत तहसम्म कमिटीको संजाल तयार हुनेछ । सबै वर्ग र समुदायका वीचमा जनसंगठन मार्फत पार्टीको प्रभावलाई विस्तार गरिनेछ ।
– स्थानीय तहमा पार्टी एकतावद्ध र सुदृढ हुनेछ र स्थानिय तहमा विद्यमान अन्तरविरोध समाधानमा सहजिकरण गरिनेछ ।
– पार्टीमा उत्पन्न जटिल समस्याको पहिचानगरी त्यसको समाधानको उपाय खोजिनेछ ।
– स्थानीय तहका जनप्रतिनिधिहरुको कामलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । पार्टी र जनप्रतिनिधि वीचको सम्वन्ध समधुर हुनेछ ।
– वैचारिक र राजनीतिक स्तर माथि उठाउन सहयोग पुग्नेछ । आधारभूत तहदेखि नेतृत्व विकासको आधारशीला तयार हुनेछ ।
– वर्तमान सन्दर्भमा सामाजिक र जनसरोकारका विशिष्टिकृत मुद्दाहरु पहिचान हुनेछ । मुद्दामा आधारित जनपरिचालनको काममा तिव्रता आउने छ ।
– आन्दोलन र समाजमा विशिष्ट योगदान गरेका भूईतहका व्यक्तित्वहरुको पहिचान र सम्मान गरिनेछ ।
– यस अभियानको सफलतासंगै अवसरवाद र अराजकतावादमाथि विजयको आधार तयार हुनेछ ।
– समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने वलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीको सुदृढ हुनेछ । त्यसैले मिसन ग्रासरुटलाई पार्टी सुदृढिकरण र विस्तार अभियानका रुपमा सिर्जनात्मक ढंगले अघि वढाउ ।

को–को छन् अभियानमा ?

अभियानको लागि एमालेले कोसी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्कीलाई खटाएको छ।

मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल छन्।

त्यस्तै वागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ छन्।
गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे छन् ।

कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा रहेका छन्।

विशेष कमिटी (केन्द्रिय कार्यालय) मा महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारी रहेका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार