मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । आईतबार निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम जि.एम.ले जारी गरेको सूचनामा होली खेल्दा व्यक्तिको निजी जीवनमा असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्ने आग्रह गरिएको छ ।
प्रशासनले होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको हो । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने समेत आग्रह गरेको छ ।
यदि कानुन विपरितका गतिविधि गरे प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ ।
यसवर्षको होली पर्व पहाडी जिल्लामा फागुन २२ गते र तराई मधेशका जिल्लामा फागुन २३ गते मनाइँदै छ ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निकालेको सूचना :