रुकुम पूर्वमा थप २ थान भरुवा बन्दुक बरामद

रुकुम पूर्वमा थप २ थान भरुवा बन्दुक बरामद

रुकुमकोट । रुकुम पूर्वका २ थान भरुवा बन्दुक बरामद गरिएको छ । आईतबार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोट सामुदायिक वनबाट २ थान भरुवा बन्दुक बरामद गरेको हो ।

अवैध रुपमा बन्दुक लुकाएर राखेको विशेष सूचनाका आधारमा खोजतलासी गर्दा २ थान बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भेटिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले केही दिनअघि रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ तुनबाङ खोलाको जङ्गलबाट बेवारिसे अवस्थामा रहेका ६ नाल भरुवा बन्दुक बरामद गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार