चौरजहारीमा यातायात व्यवस्था कार्यालयको सेवा सुरु

चौरजहारीमा यातायात व्यवस्था कार्यालयको सेवा सुरु

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-२ मा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सेवा सुचारु गरिएको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमका बीच सेवा सुचारु गर्नुभएको हो ।

उक्त कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णाली सरकार समाजको खुशि र सामाजिक न्यायको लागि जनताकै साथमा रहेको बताउनुभयो । उहाँले हरेक घरमा चुले बैठक बस्नुपर्ने र कामको समिक्षा गर्ने संस्कार सुरुवात हुन आवश्यक जनाउनुभयो ।

मुख्यमन्त्री शर्माले प्रक्रियामुखि र कागजी सरकारी सेवालाई चुस्त र व्यवहारिक बनाउन आवश्यक रहेको जनाउनुभयो । २०७६ साल भदौ २६ गते चौरजहारी नगरपालिका –१ मा कार्यालय स्थापना गरिएको थियो ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख आनन्द चापाईले कार्यालयबाट तत्कालका लागि सवारी दर्ता, नविकरण, सवारी कर असूली, सरुवा सहमतिको काम हुने जानकारी दिनुभयो ।

दरबन्दी पूर्ण भएलगत्तै चालक अनुमती पत्रको परिक्षा संचालन, गाडि दर्ता, सवारी जाँच तथा पास, रुट परमिट, चालक अनुमति पत्र नविकरण लगायतको काममा निरन्तरता दिने कार्यालय प्रमुख चापाईले बताउनुभयो ।

विगतमा कार्यादेश, बजेट र कर्मचारी अभावको कारण कार्यालयले सेवा प्रवाह गर्न सकेको थिएन ।

कार्यक्रममा चौरजहारी नगर प्रमुख पुष्प वादी, उपप्रमुख इश्वरी कुमारी शर्मा विएम, पूर्व नगर प्रमुख विशाल शर्मा, उप प्रमुख राधा रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल लगायतको पनि आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार