बैशाख २१ काठमाण्डौ
खोज पत्रकारिता केन्द्र (खोपके) ले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ । प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो ।

यूरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालिम दिँदै खोपकेका सम्पादक शिव गाउँलेले वैदेशिक रोजगारीबाट धेरै नेपाली युवाले भोग्नुपरेको पीडालाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
खोपकेका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्माले प्रवासी नेपालीको पीडालाई ध्यान दिइ विषयको उठान गर्न सुझाव दिनुभयो । तालिममा खोज पत्रकारिताको महत्व, तरिका, विषवस्तुको छनोट र सुरक्षित पत्रकारिताका बारेमा जानकारी गराइएको थियो । रासस