सानीभेरीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

सानीभेरीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

सानीभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ । सानीभेरी गाउँपालिका भित्रका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको हो ।

३१ जना मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारीहरुलाई न्यायिक निरुपण र मेलमिलाप सम्बन्धि तालिम प्रदान गरिएको जनाइएको छ ।

सानीभेरी गाउँपालिका न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल भक्तपुरको सहजिकरणमा भएको तालिममा नेपालगन्ज उच्च अदालतका न्यायाधीश बामदेव ज्ञवाली र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी रमिला हुमागाईले सहजिकरण गर्नुभएको हो ।

८ दिने मेलमिलाप सम्बन्धिको आधारभूत तालिम पश्चात वडामा हुने सामान्य विवादहरु सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापको माध्यमबाट समाधान गरिने गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार