समाजवादीका अध्यक्ष शर्मासहित माओबादी केन्द्रका नेता एमालेमा प्रवेश

समाजवादीका अध्यक्ष शर्मासहित माओबादी केन्द्रका नेता एमालेमा प्रवेश

मुसिकोट । नेकपा (एकीकृत समाजवादी) का रुकुम पश्चिम जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा नेकपा एमाले मा प्रवेश गर्नुभएको छ ।  मंगलबार बाँकेको कोहलपुरमा अध्यक्ष शर्मासहित नेकपा माओबादी केन्द्रका नेताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश सदस्य गङ्गाराम चनारा, नेपाल पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका नेता गणेश बिक (चिन्तन) ले एमालेमा प्रबेश गरेको एमाले नेता नारायण कुमार शाहले जानकारी दिनुभयो ।

नेता शाहका अनुसार नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति सदस्य सुनिता चनारा, दलित मुक्ती मोर्चाको प्रदेश समिति सदस्य गोरख बिक, नेकपा माओबादी केन्द्रका नेता तिलक बस्नेत, मिना मल्ल बस्नेत, नेकपा बिप्लव पार्टिका सैन्य ब्यूरो सदस्य गणेश बोहरा (असल क्षेत्री) , नेता कपिल विक एमालेमा प्रवेश गर्नुभएको हो ।

नवप्रवेशीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता राजन भटराई, भानुभक्त ढकाल लगायतका नेताहरुले पार्टी प्रवेश गराउनुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार