५० हजार घुससहित वडाध्यक्ष र सचिव अख्तियारको नियन्त्रणमा

५० हजार घुससहित वडाध्यक्ष र सचिव अख्तियारको नियन्त्रणमा

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका-६, रामजानकी हस्पिटल नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार