दुई महिने शिशु सहित वीरगञ्जमा एकै परिवारका १७ जनालाई कोरोना संक्रमण

उजेली न्यूज
प्रकाशित मिति :

दुई महिने शिशु सहित वीरगञ्जमा एकै परिवारका १७ जनालाई कोरोना संक्रमण

बैशाख २४ काठमाडौ

वीरगञ्ज महानगरपालिका छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् ।

यो परिवारको ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको १९ वैशाखमा पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा उपचाररत उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण गर्ने क्रममा सोमबार ३२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । त्यसमध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार