कक्षा ८ को परीक्षा दिँदै वडाध्यक्ष

कक्षा ८ को परीक्षा दिँदै वडाध्यक्ष

पढाइलाई उमेर र कामले पनि छेक्दैन । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गरिबे शेष कक्षा ८ को परीक्षामा सहभागी हुनुले यही भनाइलाई पुष्टि गर्छ ।

४४ वर्षीय वडाअध्यक्ष शेषले खजुराको आर्दश मावि केन्द्रबाट कक्षा ८ को परीक्षा दिइरहेका छन् ।  माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित शेषले शिक्षा लिनका लागि उमेर बाधक नहुने भन्दै आफू परीक्षा दिन थालेको बताए ।

ज्ञानोदय माविमा कक्षा ८ मा भर्ना भएका अध्यक्ष शेषले घरमा शिक्षक राखेर ८ कक्षाको पाठ्यक्रम पढेका थिए । ‘मैले जीवनमा पढाइको महत्त्व धेरै बुझेपछि अगाडि पढ्ने सोच बनाएको हुँ,’ अध्यक्ष शेषले भने, ‘सानो हुँदा पढ्न पाइएन । घर परिवारमा वातावरण मिलेन, अब पढाइलाई निरन्तरता दिनेछु ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार