नेविसंघको असन्तुष्ट समूह अनशनमा, महाधिवेशन सुनिश्चित गर्न माग

नेविसंघको असन्तुष्ट समूह अनशनमा, महाधिवेशन सुनिश्चित गर्न माग

नेविसंघको असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन थालेको छ । अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै असन्तुष्ट पक्ष अनशन बसेको हो । विद्यार्थी नेता अमन भुसालले नेविसंघ बृहत् संघर्ष समिति बनाएर अनिश्चितकालीन रिले अनशन सुरु गरिएको जानकारी दिए । पहिलो दिन निश्चल महर्जन र अनसुल केसी अनशनमा बसेका थिए ।

संघर्ष समितिले म्याद सकिसकेकाले नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने, सभापतिले म्याद सकिएपछि जारी गरेका चिठी खारेज हुनुपर्ने र १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको वेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णय खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षको माग छ । अनशनरत केसीले म्याद सकिसकेको अध्यक्षले संगठनविरोधी काम गरेको र पार्टीले दिएको म्यान्डेटअनुसार महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले विधानअनुसार नयाँ कमिटी गठन गर्न माग गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षअघि शेर्पालाई नेविसंघ अध्यक्षमा मनोनीत गरेका थिए । नियुक्तिका क्रममा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयावधिभित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार