रुकुम पूर्व : सिस्नो टिप्न गएका दुई बालिका मृत फेला

रुकुम पूर्व : सिस्नो टिप्न गएका दुई बालिका मृत फेला

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।

बुधबार अपराह्न ४ बजे देखि हराएका एकै घरका दुई बहिनी १० वर्षीया रिणा बुढा र ८ वर्षीया काली बुढा घर नजिकै मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार बिहान सिस्नो टिप्न भनी घरबाट निस्किएका दुई बहिनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा भोलिपल्ट बिहान करिब साढे ६ बजेतिर उनीहरू घर नजिकैको झुपा खोला भीरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटना कसरी घटेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठले नेतृत्वको प्रहरी टोली घटनास्थालमा पुगेको छ ।

हराएका दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने स्थानीयको आशंका छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार