कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

नेकपा (एमाले) कर्णाली सरकारबाट बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो।

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटनमन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिनुभएको हो।

मुख्यमन्त्री शर्माले प्रदेश सभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो। तत्काल सरकारबाट नबाहिरिने बताएको थियो। तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन्।

अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ। कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो नपर्ने देखिन्छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार