जनताको राय सुझाव लिन सांसद केसी गाउँ गाउँमा

जनताको राय सुझाव लिन सांसद केसी गाउँ गाउँमा

मुसिकोट । रुकुम पश्चिमबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ६ को छिमी मन्का लगायत विभिन्न टोलहरुमा पुगेर जनभेटघाट गर्नुभएको छ ।

सोमबार वडाको छिमी मन्कामा पुगेर सांसद केसीले आफुलाई निर्वाचित गराएकोमा वडा नम्बर ६ का मतदातालाई भेट गरेर धन्यवाद ज्ञापन गर्नुभएको हो । त्यसक्रममा वडावासीले वडाका समस्याका बारेमा जानकारी गराएका थिए ।

वडावासीले विकास निर्माण लगायत विद्यालयको भौतिक संरचना निर्माण, खानेपानीको समस्या हल गर्न, वडामा सिँचाई कुलो व्यवस्थापनको लागि बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।

वडावासीले राखेका सवै मागहरु जायज रहेको प्रतिक्रिया दिँदै सांसद केसीले प्राथमिकताका आधारमा सके जतिका सवै मागहरु सम्वोधन गर्न पहल गर्ने बताउनुभयो । स्थानीयले राखेका विकास निर्माणका मागहरु मध्ये धेरैजसो निर्माण प्रक्रियामा रहेको र बाँकी गर्नुपर्ने कामहरु पनि निरन्तर गरिने उहाँले बताउनुभयो । आफ्नो तर्फबाट हुन सक्ने सहयोग, पहल र कर्णाली प्रदेश सरकारसंग समन्वय गरेर वडावासीका माग पुरा गर्न तर्फ आफ्नो ध्यान केन्द्रित गर्ने सांसद केसीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेटघाट कार्यक्रममा आठविसकोट आठविसकोट नगरपालिकाका प्रमुख रबि केसी, उप प्रमुख धनकुमारी शाही लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार