रुकुम पश्चिममा पत्रकारहरु विच अन्तरक्रिया

रुकुम पश्चिममा पत्रकारहरु विच अन्तरक्रिया

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम शाखाको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सम्पर्क कार्यालय खंलगामा मंगलबा अन्तरक्रिया कार्यक्रम भएको हो ।

जिल्ला शाखाले दुई वर्ष सम्म गरेका कामको बारेमा जानकारी गराईएको छ । महासंघले जिल्लामा आगामि दिनहरुमा गर्ने कार्यक्रम, सल्लाह, सुझाव लिनुका साथै महासंघले गरेका विभिन्न क्रियाकलापको समिक्षा पनि गरिएको छ । जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीले कार्यसमितिले हाल सम्म गरेको गतिविधिको बारेमा पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागि संञ्चारकर्मी तथा पत्रकारहरुले महासंघलाई विभिन्न सुझाव पनि दिएका छन् । छलफलको क्रममा नयाँ सदस्यता, सदस्यता नविकरण, सदस्यता शुद्धिकरणको विषयमा पनि छलफल भएको छ । जिल्लामा रहेका संञ्चार माध्याम र संञ्चारकर्मीहरुको अवस्था, चुनौतीको विषयमा पनि छलफल भएको जिल्ला शाखा अध्यक्ष केसीले जानकारी दिनुभयो ।

जिल्लामा रहेका स्थानीय सरकार र मिडिया विचको सम्वन्ध, स्थानीय सरकारले मिडियाहरुलाई गर्ने सहयोगको विषयमा पनि छलफल भएको छ । बैशाखको पहिलो सातामा जिल्लामा रहेको स्थानीय सरकारका प्रमुख तथा उप–प्रमुख, अध्यक्ष तथा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुसंग मिडियाको चुनौति, अवस्था र स्थानीय सरकारले जिल्लामा रहेका मिडियालाई सहयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिने भएको छ ।

अन्तरक्रियामा सहभागि पत्रकार तथा सञ्चारकर्मीहरुले जिल्लामा रहेका पत्रकारहरुको क्षमता विकासको कुरामा विषेश जोड दिनु पर्ने बताएका छन् । त्यस्तै जिल्लामा पत्रकारीता पेशालाई मर्यादित र सुरक्षित कसरि वनाउने भन्ने विषयमा गम्भिर भएर सोच्न पर्ने बेला आएको सहभागिहरुको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार