मृगौला पिडित बोहरालाई सांसद केसीको सहयोग आर्थिक

मृगौला पिडित बोहरालाई सांसद केसीको सहयोग आर्थिक

रुकुमकोट । रुकुम पूर्व प्रदेश सभा २ का सांसद धनबहादुर केसीले एक मृगौला पीडितलाई उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

सोमबार काठमाडौंमा रहेको वीर अस्पताल पुगेर रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ का बिरबहादुर बोहरालाई सांसद केसीले ५० हजार सहयोग गर्नुभएको हो ।

बोहरा लामो समयदेखि दुवै मृगौला फेल भई उपचाररत हुनुहुन्छ । उहाँको आमाले मृगौला दिएपछि केहि दिनअघि मृगौला प्रत्यारोपण गरिएको जनाइएको छ ।

साथै बोहराको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूसँग सांसद केसीले अनुरोध समेत गरेका सांसद केसीको सचिवालयले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार