अवैध काठ कटान गर्नेलाई १४ दिन कैद फैसला

अवैध काठ कटान गर्नेलाई १४ दिन कैद फैसला

मुसिकोट । रुकुम पश्चिममा अवैध काठ कटान तथा चिरान कार्यमा संलग्न एक जनालाई कैद र जरिवानाको फैसला भएको छ ।

रुकुम जिल्ला अदालतले जिल्लाको चौरजहारी नगरपालिका १० का कमल केसीलाई १४ दिन कैद र ५० हजार जरिवानाको फैसला गरेको हो । बिहिबार जिल्ला न्यायधीस खड्क बहादुर केसीको इजलासले उक्त फैसला गरेको हो ।

रुकुम जिल्ला अदालतका श्रेष्तेदार कृत बहादुर बोहराका अनुसार केसी बिरुद्ध डिभिजन वन कार्यालय रुकुम पश्चिम मार्फत चलेको मुद्धाको फैसला भएको हो ।

केसीलाई कैद, जरिवानाको साथै बरामद गरिएको काठ र काठ चिर्ने मेशिन जफत गर्ने समेत फैसला भएको श्रेष्तेदार बोहोराले बताउनुभयो । १६२.४ क्युफिट सल्ला जातको काठ र काठ चिरानमा प्रयोग हुने आरा मेशिन जफत गर्ने फैसला भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार