रुकुम पश्चिममा चट्याङ लागेर एक बालक घाईते

रुकुम पश्चिममा चट्याङ लागेर एक बालक घाईते

मुसिकोट । रुकुम पश्चिममा चट्याङ लागेर एक बालक घाईते भएका छन् ।

बिहिबार राती जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १२ मा चट्याङ लागेर स्थानीय जोख बहादुर कुसारीका १४ वर्षिय छोरा बिशाल कुसारी घाईते भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार घाईते बालकको अहिले आठबिसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घाइतेकाे  अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

चट्याङ लागेर कुसारीको घरमा बाँधिएको एक वटा भैसी र दुई वटा बाख्रा मरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक वटा भैसी घाईते रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार