आठबिसकोट क्षेत्रका गाईगोरु बिरामी

आठबिसकोट क्षेत्रका गाईगोरु बिरामी

आठबिसकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र त्यसक्षेत्रमा रहेका गाईगोरु बिरामी हुन थालेका छन् । घरमा पालिका गाई र गोरुहरुमा ज्वरो आउने, गिर्खा देखा पर्ने, आँखा तथा नाकबाट फिँज निकाल्ने लगायतका समस्याहरु देखा परेको किसानहरुको भनाई रहेको छ ।

आठबीसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक कमल केसीका अनुसार पशु सेवा केन्द्रमा दैनिक १२ देखि १५ वटा गाई र गोरु उपचारका लागि किसानहरुले ल्याउने गरेका छन् । विशेष गरेर गोरुहरुमा व्यापक रुपमा फैलिरहेको पाईएको पशु सेवा प्राविधिक केसीले जानकारी दिनुभयो । यसका साथै किसानहरुको घरदैलोमा गएर पनि उपचार सेवा दिन थालेको प्राविधिक केसीले उल्लेख गर्नुभयो । नगरपालिकाको वडा नम्वर ७, ९ र ११ मा बडी मात्रामा यस्तो समस्या देखिएको छ ।

बिशेष गरेर पशुचौपायको घाँटिमा गिर्खा आउने, आँखाबाट कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिज धेरै निकाल्ने, गिर्खाहरु फुटेर गहिरो घाउँ हुने समस्या देखिएको छ । यसका साथै गाई तथा गोरुमा ज्वरो आउने, खाना मन नलगाउने, तौल घट्ने जस्ता लगायतका समस्या देखिएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले एक महिना देखि जिल्लाको विभिन्न स्थानहरुमा रहेका गाई र गोरुहरुमा बढी मात्रामा यस्तो लक्षण देखापरेको बताउनुभयो । उहाँका अनुसार पशुचौपायहरुको छालामा लाग्ने लम्पी रोगको लक्षणसँग मिल्ने उक्त भाईरल रोग सुरुमा मुसीकोट नगरपालिका –११ र १२ मा फैलिएको थियो ।

त्यसपछि जिल्लाको विभिन्न स्थानहरुमा फैलिएको जानकारीपछि कार्यालयले स्थानीय तहहरुलाई केहि औषधि समेत पठाएको शर्माले बताउनुभयो । यो रोग बिरुद्धको भ्याक्सिन उत्पादन नभएको जानकारी दिनुहुँदै शर्माले शर्माले ज्वरो कम गर्ने, घाउ सुकाउने एन्टिबायोटिक औषधि प्रयोग गरेर भाईरस फैलनबाट रोक्ने प्रयास भईरहेको जनाउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार