सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेको स्वीकार गरेका छन् ।
धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसर्पण गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले छोराको टाउकोमा टा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चौधरीले आत्मसर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।