रुकुम पश्चिममा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुुने

११ टिमले प्रतिस्पर्धा गर्दै

रुकुम पश्चिममा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुुने

११ टिमले प्रतिस्पर्धा गर्दै

मुसिकोट । रुकुम पश्चिममा सर्वाधिक पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता हुने भएको छ । बैशाख १८ देखि २४ गतेसम्म रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा मुसिकोट खलंगाको बराहटाकुरामा खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले भलिबल प्रतियोगिता सञ्चालनको लागि तयारी पुरा भएको जानकारी गराएको हो ।

आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बिक्रम बुढाले प्रतियोगिता भोली देखि संचालन हुन लागेको र तयारी पुरा भएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा ११ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

भलिबल प्रतियोगिता हेर्न जिल्लामा पहिलो पटक १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । जसअनुसार प्रतियोगिता स्थल घेरबार, व्यवस्थित मञ्च निर्माण, साउण्ड सिस्टम, कोर्ड व्यवस्थापन लगायतका सबै तयारी पुरा भएको आयोजकको भनाई छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र कप पुरस्कार पाउने अध्यक्ष तेजबिक्रम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उप-विजेताले नगद २ लाख ५० हजार नगदका साथमा कप पाउँने छ ।

त्यस्तै सेमिफाइनलमा पुग्ने २ टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सेमिफाइनल पुग्ने दुई टिमले समान १/१ लाख नगद र कप पुरस्कार पाउने अध्यक्ष बुढाले बताउनुभयो ।

वेष्ट प्लेयर, वेष्ट डिफेन्डर, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट ब्लकर, इमर्जिङ प्लेयर, वेष्ट सर्भर र वेष्ट कोच छनोट गरी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० र अन्यलाई समान     ५/५ हजारले पुरस्कृत गरिने आयोजकको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार