आठविसकोट ३ पाटागाउँमा लगाइएको अफिम खेती नष्ट

आठविसकोट ३ पाटागाउँमा लगाइएको अफिम खेती नष्ट

आठबिसकोट पाटागाउँमा लगाइएको अफिम खेती नष्ट गर्दै प्रहरी टोली । तस्बिर जिप्रका रुकुम पश्चिम ।

मुसिकोट । प्रहरीले रुकुम पश्चिममा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । प्रहरीले जिल्लाका विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ३ पाटागाउँमा लगाइएको अफिम खेती बैशाख १५ गते नष्ट गरिएको हो ।

अस्थाई प्रहरी पोष्ट स्यालाखदीबाट गएको प्रहरी टोलिले १.५ बिघा जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै नागरिकमा अफिमबारे राम्रो ज्ञान नहुँदा खेति गर्नेहरुको संख्या बढेकोले जिल्लाभर चेतनामुलक अभियान संचालन गर्ने प्रहरीले जनाएको छ ।

अफिमको अबैध खेती गर्नेलाई नेपालमा कडा कानुनी ब्यवस्था भएपनि मानिसहरु यसको लुकीछिपि खेती गर्न छाडेका छैनन । एक बोट देखि २५ बोट सम्म अफिम खेती गर्नेलाई एक वर्ष देखि ३ बर्ष सम्म कैद र पाँच हजार देखि पच्चिस हजार सम्म जरिवाना हुने ब्यवस्था छ ।

त्यो भन्दा माथी बोटहरुको खेती गर्नेलाई तिन बर्ष देखि १४ बर्ष सम्म जेल सजाय र २५ हजार देखि दुइ लाख सम्म जरिवाना हुने ब्यवस्था छ ।त्यस्तै एक सय ग्राम देखि माथीको अफिम कारोबार गर्नेलाई १५ बर्ष देखि जन्मकैद सम्म जेल सजाय र पाँच लाख देखि २५ लाख सम्म जरिवाना गर्ने कानुनी ब्यवस्था छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार