आठबिसकोटमा बजार अनुगमन

आठबिसकोटमा बजार अनुगमन

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामान नष्ट गरिदै ।

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ । चाडपर्वका समयमा मात्र अनुगमन गरिने चलनलाई त्याग्दै नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका बजार क्षेत्रमा अनुगमन गर्न थालेको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमख धनकुमारी शाहीको नेतृत्वको अनुगमन टोलीले आज नगरपालिकाको वडा नम्वर ९ को राडी बजार र ११ को सिमबजारमा रहेका २० वटा किराना पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग र कस्मेटिक, कोल्ड स्टोर पसलमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा म्याद गुज्रिएका, मूल्य नलेखिएका, उत्पादन मिति उल्लेख नभएको, लेवल नटाँसिएका खाद्यवस्तु फेला परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताउनुभयो। म्याद गुज्रिएर सडेको अवस्थामा रहेका कस्मेटिक सामग्री समेत फेला परेको शाहले जनाउनुभयो।

अनुगमनका क्रममा प्याकिङ्ग गरिएको खानेकुरामा उत्पादित मिति, मूल्य, तौल समेत उल्लेख नगरिएको, अधिकांश पसलहरुमा मूल्यसूची समेत नराखेको पाईएको छ । पसलमा मुल्य सुची राखे नराखेको, नापतौलको अवस्था, साइन बोर्ड भए नभएको, ब्यवसाय दर्ता भए नभएको, प्यान तथा भ्याटमा दर्ता भए नभएको बारे अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै अनुगमन टोलीले बिभिन्न किराना पसलहरुबाट म्याद नाघेको चाउचाउ, चनाको सातु, गुल्कोज, चल्केट, विस्कुट, जुस गुज्रिएको अस्थामा फेला पारेर नष्ट समेत गरेको छ ।

अनुगमन टोलीमा आठविसकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बिष्ट, नरेन्द्र कार्की, रोजगार संयोजक कमल भट्टराई, योजना अनुगमन शाखाका प्रमुख राजु परिवार, वडा नम्वर ९ का वडाअध्यक्ष जनक बहादुर बटाला, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सदस्य सत्य बहादुर बटाला, नगर प्रहरी, नेपाल प्रहरी गायतको सहभागीता रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार