बैशाख २६ काठमाडौ
स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै शुक्रबार सिंहदरबारमा धर्ना दिन गएका ४७ जना चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।
विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । त्यसक्रममा उनीहरुले डीएसपी हरीबहादुर बस्नेतसहित अन्य प्रहरीमाथि हातपात गरेका थिए ।
प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले बताउनु भयो ।
यस्तै नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिका आफ्ना नागरिकमाथि कानूनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको छ ।