गाई काटेको अभियोगमा तीन जना पक्राउ

गाई काटेको अभियोगमा तीन जना पक्राउ

रुकुमकोट । रुकुम पूर्वमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

जिल्लाको भूमे गाउँपालिका २ का ४४ वर्षका रानविर कामी, भूमे गाउँपालिका ३ का दम्पती ५९ वर्षका सम्पती रोका र ५७ वर्षकी विनसरी रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनिहरुलाई गएराती पक्राउ गरिएको हो । भूमे गाउँपालिका ६ स्थित खाराबाङ (लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा पक्राउ गरिएको हो । गाई काट्दै गरेको भन्ने गोप्य सुचनाको अधारमा गएर उनिहरुलाई पक्राउ गरेर ल्याएको बताईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका तीनै जनालाई सोमबार अदालतमा पेश गरेको र तीनै जनालाई पाँच दिनको म्याद थप गरि अनुसन्धानको कार्यलाई जारी राखिएको छ । काटेको गाईलाई भने सम्बन्धित निकायको रोहबरमा गाडिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार