सार्वजनिक जग्गा खाली गर्न र राजश्व बुझाउन वडा कार्यालयको अनुरोध

सार्वजनिक जग्गा खाली गर्न र राजश्व बुझाउन वडा कार्यालयको अनुरोध

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले सार्वजनिक स्थानमा राखिएका व्यवसायीक संरचनाहरु हटाउन अनुरोध गरेको छ ।
आज वडा कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै वडाको सार्वजनिक स्थानमा राखिएका व्यवसायीक संरचना हटाउन अनुरोध गरेको हो।

वडाध्यक्ष प्रकाश खत्रीका अनुसार वडा सरकार सञ्चालन सल्लाहकार समिति र वडा कार्यालयको बैठकको निर्णय अनुसार सार्वजनिक संरचनामा बनाईएका व्यवसायीक संरचना हटाउन सूचना प्रकाशन गरिएको हो ।

उहाँका अनुसार वडा कार्यालयको नाममा रहेका सरकारी जग्गामा सञ्चालित व्यवसायीक संरचनाहरु हटाएर यातायातका साधनहरुको लागि पार्किङस्थल बनाउने निर्णय भएको छ । वैशाख १९ गतेको वडा सरकार सञ्चालन सल्लाहकार समिति र वैशाख २५ गतेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

वडाको अन्य कुनैपनि स्थानमा पार्किङ गर्ने ठाउँ भएको र जथाभाबि पार्किङ गर्दा दुर्घटनाको जोखिम भएकोले व्यवसायीक संरचना हटाउनुपरेको हो । वडा अध्यक्ष खत्रीले २५ गतेदखि लागु हुनेगरी २० दिन भित्र सार्वजनिक स्थानमा राखिएका व्यवसायीक संरचना खालि गर्न अनुरोध गरिएको छ ।

सार्वजनिक स्थानमा संरचना बनाएर गरिएका व्यवसायीहरुले विगत दुई वर्षदेखि वडा कार्यालयमा राजश्व नबुझाएकोले आफूले भोगचलन गरेको मितिसम्मको राजश्व बुझाउन समेत वडाले अनुरोध गरेको छ ।

वडा कार्यालयले जारी गरेको सूचना :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार