प्रेस सेन्टर रुकुमको अध्यक्षमा देवकुमार ओली चयन

प्रेस सेन्टर रुकुमको अध्यक्षमा देवकुमार ओली चयन

मुसिकोट । प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको साधारण सभा सम्पन्न भएको छ । आईतबार सहिद प्रतिष्ठान मुसिकोटमा भएको साधारण सभाले ओलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सेन्टरको उपाध्यक्षमा सिजन बाँठा मगर र नारायण ओलि, सचीवमा मनिष खड्का, सहसचीवमा सन्देश जैसी र दिपेन्द्र महतारा र कोषाध्यक्षमा सत्य बटाला चयन हुनुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोबिन्द रोका, प्रेस सेन्टरका उपाध्यक्ष ध्रुव बिक्रम बुढाथोकी, केन्द्रिय सदस्य मेघराज खड्का, मुसिकोट नगर कमिटी अध्यक्ष दलबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार