कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम फेरि सर्वोत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम फेरि सर्वोत्कृष्ट

मुसिकोट । गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम फेरि पनि देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये सर्वोत्कृष्ट भएको छ ।

आर्थिक वर्ष ०७९/८० को पहिलो र दोश्रो त्रैमासिक कार्यसम्पादनमा उत्कृष्ट बनेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम तेस्रो त्रैमासिकमा पनि प्रथम भएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले तेस्रो त्रैमासिकमा भएको मूल्याङकनको १४.५ पूर्णाङकमा रुकुम प्रशासनले १४.५ अङक ल्याएर देशभरका जिल्ला प्रशासन मध्य पहिलो भएको हो ।

गृह मन्त्रालयले यस अघि गरेको कार्यसम्पादन मूल्याङकन अनुसार पहिलो त्रैमासिकको २४.५ पूर्णाङकमा २४.४ र दोश्रो त्रैमासिकको १६.५ पूर्णाङमा १६.४ अङकसहित सर्वोत्कृष्ट भएको निमित्त प्रजिअ बडुवालले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समुहमा वर्गिकरण गर्ने गरेको छ । शान्ती सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रवन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मुआब्जा बितरण तथा विकास सहजिकरण अन्तर्गतका शिर्षकहरुमा आधारित रहेर मूल्याङकन गर्ने गरेको हो ।

चालू आर्थिक वर्षमा दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फर्स्यौट, नागरिकतासम्बन्धी उजुर फर्स्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र गृहबाट प्राप्त उजुरी फर्स्यौट, उपभोक्ता हितविपरीतका उजुरी तथा गुनासा, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण, लागूऔषध सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अंकमा बेरुजु फर्स्यौट, बक्यौता बेरुजु फर्स्यौट, प्रशासनिक कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनलगायत विषयका आधारमा जिल्ला प्रशासनको मूल्यांकन हुने गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार