नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द आह्वान फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्‍दै नागरिक उन्मुक्ति आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्ति भनिएको छ, “…सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।”

नागरिक उन्मुक्तिले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार