जङ्गलमा लुकाएर राखेको भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा

जङ्गलमा लुकाएर राखेको भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जङ्गलमा लुकाएर राखेको  ८ नाल भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ ।

शनिबार  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मुसीकोट नगरपालिका –८ ओखरधारा भिर सामुदायिक बन बाट ८ नाल बन्दुक बरामद गरेको हो।

भरुवा बन्दुक स्थानीयले सिकार खेल्नको लागि जङगलको ओढारमा लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि पनि उक्त वडाको जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको थियो ।

प्राप्त गोप्य सूचनाको आधारमा ओढारमा सोत्तरले छोपेर लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार