सर्वोच्चको नयाँ नजिरः लाइसेन्स नभए पनि दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटना लापरवाही हुँदैन

सर्वोच्चको नयाँ नजिरः लाइसेन्स नभए पनि दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटना लापरवाही हुँदैन

सर्वोच्च अदालतले चालक अनुमतिपत्र (लाइसेन्स) नभइ दुई पाङ्ग्रे सवारी साधान चलाउँदा लापरवाही नहुने नजिर स्थापित गरेको छ।

यातायात तथा सवारी व्यवस्था ऐन २०४९ को दफा १६१ लाई समग्रतामा व्याख्या गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलासले दुई पाङ्ग्रे सवारी सधान लाइसेन्स नभएका व्यक्तिले चलाएर दुर्घटना भए पनि त्यसलाई ‘लापरवाही’को कोटीमा राख्न नहुने न्यायिक मान्यता स्थापित गरेको हो।

२०७३ सालमा सर्वोच्चकै बृहत् इजलास (तीन जना न्यायाधीश)ले नि. नं. ९९६५ भएको मुद्दामा लाइसेन्स नभए सवारी चलाएमा स्वतः लापरवाही हुने व्याख्या गरेको थियो।

त्यसलाई हालसालै सार्वजनिक भएको बृहत् पूर्ण (पाँच जना न्यायाधीश)को इजलासले चार पाङ्ग्रे सवारी साधन र दुई पाङ्ग्रको दुर्घटनाको प्रकृति फरक हुने भन्ने अर्को नजिरलाई मान्यता दिँदै दुई पाङ्ग्रे सवारी साधानका चालकसँग लाइसेन्स नभए पनि लापरवाही नहुने ठहर गरेको हो।

बृहत् पूर्ण इजलासले आफ्नो फैसलामा भनेको छ, ‘सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा त्यस्तो सवारी चालक अनुमतिपत्र लिएको हुनुपर्ने र सोही कानूनी व्यवस्थाको आधारमा पूर्ण इजलासबाट सवारी चालक अनुमतिपत्र लिनुपर्ने कानूनी व्यवस्था भएको अवस्थामा सवारी चालक अनुमतिपत्र बिना सवारी चलाइ दुर्घटना हुन गएमा लापरबाही मानिने र उक्त कसूर ऐनको दफा १६१(२) बमोजिमको कसूर मानिने भनी व्याख्या भएको समेत देखिन्छ।

यसरी यस पूर्व पूर्ण इजलासबाट कानूनले सवारी चालक अनुमतिपत्र अनिवार्य गरेकोमा चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाई दुर्घटना भएमा स्वतः लापरवाही हुने भनी व्याख्या भएको सन्दर्भमा दुई पाङ्ग्रे मोटरसाइकलबाहेक अन्य सार्वजनिक तथा निजी सवारीको हकमा उक्त व्याख्यासँग असहमत हुनुपर्ने देखिँदैन।’

बृहत पूर्ण इजलासले सवारी चलाउँदा हुने दुर्घटनाको प्रकृतिलाई मसिनो गरी केलाएर मात्रै सजाय गर्नुपर्ने उल्लेख गरेको छ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठः

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार