वाईसियल मुसिकोटको अध्यक्षमा रेउले चयन

वाईसियल मुसिकोटको अध्यक्षमा रेउले चयन

मुसिकोट । योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल मुसिकोट नगरपालिका रुकुम पश्चिमको दोस्रो भेला सम्पन्न भएको छ ।

भेलाले बिष्णु रेउलेको अध्यक्षतामा ४५ सदस्यीय नगरकमिट कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा कुमार ओली र किरण विश्वकर्मा, सचिवमा गणेश पाण्डे, सह सचिवमा राजु खडका र कोषाध्यक्षमा रितु सुनार निर्वाचित हुनुभएको छ ।

वाईसियल मुसिकोट नगर कमिटिका निवर्तमान अध्यक्ष राजु बिकको अध्यक्षतामा भएको उक्त भेलामा नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला ईन्चार्ज बसन्त कुमार शर्माको प्रमुख आथित्यता र वाईसियल रुकुम पश्चिमका जिल्ला ईन्चार्ज जनक बिश्वकर्माको बिशेष आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार