सडक निर्माणका लागि आर्थिक सहयोग संकलन

सडक निर्माणका लागि आर्थिक सहयोग संकलन

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक गाउँका स्थानीयले आर्थिक सहयोग संकलन गरेर सडक निर्माण सुरु गरेका छन ।

बाँफिकोट गाउँपालिकाको वडा नम्वर ६ को जिप्सिङको रबिगाउँ देखि घुर्तीखोला सम्मको सडक निर्माणको लागि रकम संकलन सुरु गरिएको हो।

सडक निर्माणको काम आज देखि सुरु भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर कुसारीले बतानुभयो । सडक निर्माणसंगै रकम संकनको काम पनि हुने उहाँको भनाई छ । अहिले सम्म ५२ हजार ५ सय रुपैयाँ संकलन भैसेको अध्यक्ष कुसारीले बताउनुभयो । अमेरिकामा रहनु भएका गोर्ख कुसारीले ५० हजार सहयोग गर्नुभएको छ ।

त्यस्तै पृथ्वीनारायण कुसारीले १ हजार ५ सय, अलबहादुर घर्तीले १ हजार र रत्नबहादुर शाहीले १ हजार रुपैंया सहयोग गर्नुभएको छ । कुनै निकायबाट सडक निर्माणको लागि पहल नभए पछि रकम संकलन गरेर सडक निर्माणको काम थालिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार