मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले दिप प्रज्वलन गरेको छ । गणतन्त्र दिवसको पूर्व सन्ध्यामा आईतबार बेलुका महासंघको मुसिकोट नगरपालिका १ खलङगामा रहेको सम्पर्क कार्यालयमा दिप प्रज्वलन गरिएको हो ।
जिल्लास्थित संचारकर्मीहरु, सरोकारवाला निकायहरुको सहभागितामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मुलुकमा भएको ऐतिहासिक परिवर्तनको महत्वपूर्ण दिनको पूर्वसन्ध्यामा दिप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा मुलुकमा गणतन्त्र प्राप्तीका लागि प्राण आहुती गर्नुहुने महान् सहिदहरुको सम्झनामा मौनधारण समेत गरिएको थियो । सरकारले जेठ १५ गतेको दिन गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।
यसैगरी जिल्लास्थित विभिन्न कार्यालयहरुले गणतन्त्र दिवसकै अवसरमा कार्यालय परिसर सरसफाई र दिप प्रज्वलन कार्यालय सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार १५ गते दिवसको दिन ¥यालीसहित विभिन्न कार्यक्रमहरु गरेर दिवस मनाउने तयारी रहेको छ ।




