इजाजत बिनै यातायात सञ्चालन, निगरानी गर्दै यातायात कार्यालय

इजाजत बिनै यातायात सञ्चालन, निगरानी गर्दै यातायात कार्यालय

मुसिकोट । रुकुम पश्चिमका अधिकांश सडकहरुमा चल्ले यातायातका साधनहरु रुट परमिट बिनै सञ्चालन हुने गरेका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले गरेको अनुगमनको क्रममा रुकुम पश्चिमसँगै जाजरकोटका विभिन्न सडकमा इजाजत बिनै यातायात सञ्चालन हुने गरेको पाईएको हो ।

रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले ३५ वटा ग्रामिण सडकको भाडादर कायम गरेको तर रुट परमिट नलिएर यातायात सञ्चालन गरेको पाईएको छ ।

कार्यालय प्रमुख आनन्द चपाइँका अनुसार इजाजतपत्र नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेका छन् । यसको कारण यात्रुहरुलाई जोखिम बढेको छ ।

सवारी धनिहरुले आफूखुशि भाडा उठाउने गरेको गुनासो समेत प्राप्त भएको उहाँले बताउनुभयो । यस बिषयमा जिल्ला प्रशासन लगायतका कार्यालयहरु बसेर छलफल गरिने जनाईएको छ ।

कार्यालयले भेरी करिडोर तथा अन्य सडकमा रुट प्रमिट नलिई यातायात सेवा सञ्चालन गरेको जनाएको छ । रुकुम पश्चिमको राडीज्यूला सडक, भेरि करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलङ्गा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी र मध्यपहाडी लोकमार्गलगायत आधा दर्जन सडकमा गुड्ने यातायातका साधनहरुअनुमति नलिई सञ्चालन भएको पाईएको हो ।

चौरजहारीमा यातायात कार्यालय स्थापना गरेसँगै विभिन्न स्थानमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने काम समेत गरिरहेको कार्यालय प्रमुख चपाइँले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार