भलिबल खेलाडी प्रगतिलाई रुकुममा सम्मान

भलिबल खेलाडी प्रगतिलाई रुकुममा सम्मान

मुसिकोट । राष्ट्रिय महिला भलिबल खेलाडी प्रगति नाथलाई रुकुम पश्चिममा गरिएको छ। नेपालको राष्ट्रिय भलिबल टिममा परेपछि पहिलो पटक गृह जिल्ला पुगेकी बाँफिकोट गाउँपालिका २ निवासी नाथलाई विभिन्न निकायले नगद सहित सम्मान गरेका हुन् ।

आज जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला खेलकुद विकास समिति र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले सम्मान गरेको भलिबल खेलाडी तेजविक्रम विएमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिले सम्मान–पत्र सहित नगद ५/५ हजारले सम्मान गरेका छन ।

यस्तै भलिबल प्रशिक्षण केन्द्रले प्रमाण पत्रले सम्मान गर्दा अन्यले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । नागरिकता लिन गएकी प्रगतिलाई जिल्ला प्रशासन कार्यालयले कार्यालयमै सम्मान–पत्रले सम्मान गरेको हो ।

तीन वर्ष अघि न्यू डायमण्ड क्लबमा जोडिएकी प्रगति भलिबलमा लागेको तीन वर्षमै नेपालको राष्ट्रिय टिममा पर्नुभएको हो । १७ वर्षिय प्रगतिले जेठ ८ देखि १४ गतेसम्म काठमाडौंमा संचालन भएको ८ देश सम्मिलित काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टिममा डेब्यु गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार