मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका १ रोकाजा गाउँलाई नमुना टोल घोषण गरिएको छ । आज एक कार्यक्रमका विच पालिकाकै पहिलो टोलको रुपमा रोकाजा टोललाई सरसफाई नमुना टोल घोषण गरिएको हो।
नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ मा उल्लेख भए अनुसार पुर्ण सरसफाइका ७ मुख्य सुचकहरुको व्यवस्थापन पश्चात रोकाजा टोललाई नमूना टोल घोषणा गरिएको वडा अध्यक्ष देब बहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार योजना र व्यवस्थापन, चर्पिको समुचित प्रयोग, सुरक्षित खानेपानी पहुँच तथा प्रयोग, व्यक्तिगत सरसफाइ तथा साबुनपानी सहितको हात धुने स्थानको व्यवस्थापन, सुरक्षित खानाको प्रयोग, घरायसी तथा सस्थागत सरसफाइ, वातावरणिय सरसफाइ लगायत समुदायस्तरका न्युनतम मुख्य कार्यहरु तथा सहायक सुचक प्राप्त गरेकोले नमूना टोल घोषणा गरिएको हो ।
पहिलो नमुना सफा र स्वच्छ टोल घोषण गरिएको रोकाजा टोलमा ४२ घरधुरी रहेको अध्यक्ष घर्तिले बताउनुभयो ।
वडा अध्यक्ष देब बहादुर घर्ती नेतृत्वमा रहेको अनुगमन टोली, रोकाजा टोल विकास समितीको अगुवाइ तथा स्थानीय जनसमुदायको सहभागीतामा शान्ती नेपाल आठविसकोटको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।