नेविसंघ बाँफिकोटमा ५६० सदस्य आबद्ध

नेविसंघ बाँफिकोटमा ५६० सदस्य आबद्ध

मुसिकाेट । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बाँफिकोट गाउँपालिकामा रहेका सवै माध्यमिक विद्यालयहरुमा संगठन विस्तार गरेको छ । पालिकाको १० वटै माविमा संगठन विस्तार गरिएको नेविसंघ गाउँपालिका सभापति दिपेन्द्रराज कुसारीले जानकारी दिनुभयो ।

उहाँका अुनसार भानुभक्त माबिमा जिबन खत्रीको नेतृत्वमा ३५ सदस्य, बालकल्याण माबि सिम्तारुमा चंङखलाल दाहालको नेतृत्वमा ५१ सदस्य, नेपाल राष्ट्रिय माबि दुली पोखरामा अशिम खनालको नेतृत्वमा ४९ सदस्य, जनकल्याण माबि पुरानो गाउँ झुलामा हरि ओलीको नेतृत्वमा ५३ सदस्य संगठन विस्तार गरिएको छ ।

त्यस्तै जन एकता माबि लागिममा जानकी शाहीको नेतृत्वमा ५३ सदस्य, जनकल्याण माबि पिपलमा कल्पना खत्रीको नेतृत्व मा ८१ सदस्य, स्यार्पुताल माबि दहमा प्रवेश केसीको नेतृत्वमा ५७ सदस्य, बिरेन्द्र माबि बाँफिकोटमा यमुना परियारको नेतृत्वमा ५९ सदस्य, सिद्धार्थ जनता माबि मग्मामा याकुब कुसारीको नेतृत्वमा ६१ सदस्य र नेपाल राष्ट्रिय माबि ढारबाङ्गमा हिमाली खत्रीको नेतृत्वमा ६१ सदस्य संगठन निर्माण गरिएको छ ।

पालिका सवै विद्यालयमा ५६० जनालाई नेविसंघमा संगठित वनाईएको छ । शैक्षिक सुधारको लागि नयाँ योजनाको साथ नेपाल विद्यार्थीसंघले काम गर्ने सभापति कुसारीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार