रुकुम पूर्व। रुकुमकोट उद्योग वाणिज्य संघ रुकुम पूर्वको दोस्रो अधिबेशन तथा साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको अधिबेशनबाट अध्यक्षमा केबेन्द्र गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
जसको उपाध्यक्षमा भरत बुढामगर, राजु रेग्मी र पन्च बहादुर बोहरा, महासचिवमा दिलबहादुर केसी, सचिवमा चेतकुमार बिसी र कोषाध्यक्षमा जयबहादुर बुढा चयन हुनुभएको छ ।
संघको सदस्यहरुमा शरद मंगल वली, जवारलाल पुन, शशिराम बुढा र रामकुमार बिक निर्विरोध निर्वाचित हुनुभएको छ ।