प्युठानमा आरडिटी किट आएपछि पुनः परीक्षण

प्युठानमा आरडिटी किट आएपछि पुनः परीक्षण

बैशाख २९ प्युठान

प्युठानमा आरडिटी किट आएपछि कोरोना परीक्षण  पुनः शुरु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार थप तीन सय किट प्राप्त भएसँगै क्वारेन्टाइनमा बसेका व्यक्तिको जाँच शुरु गर्न लागिएको र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।

यसअघि ३२० किट प्युठानमा आएको थियो ।  किट अभावले क्वारेन्टाइनमा बसेका ५५६ जना आरडिटीविना घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन बसेर उनीहरु जाँचविना घर फर्किएका हुन् ।

यही वैशाख २१ देखि २८ गतेसम्म क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाइएको श्रेष्ठले जानकारी दिनुभयो । घर गएर एक हप्ता सुरक्षित बस्ने शर्तमा उनीहरुलाई घर पठाइएको हो ।

हाल जिल्लामा ५२६ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । – रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार