लघुबित्त कर्मचारी मञ्चद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लघुबित्त कर्मचारी मञ्चद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मुसिकोट । लघुबित्त कर्मचारी मञ्च रुकुम पश्चिमको आयोजनामा भएको माध्यामिक बिद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

आईतबार मुसिकोट नगरपालिका १ खलंगामा रहेको त्रिभुवन जनता माध्यामिक बिद्यालयमा मुसिकोट नगरपालिका अन्तर्गत मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा बाल कल्याण माबि झुल्खेतले प्रथम स्थान हात पारेको छ भने न्यु मुनलाईट बोर्डिङ्ग स्कुलले द्वितिय र ज्ञानोदय मावि भलाक्चाले तृतिय स्थान प्राप्त गरेको लघुबित्त कर्मचारी मञ्च रुकुम पश्चिमका उपाध्यक्ष संगम देवकोटाले जानकारी दिनुभयो । त्यसैगरी महेन्द्र मावि दोपाईले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यालयलाई क्रमशः पाँच हजार एक, तीन हजार एक, दुई हजार एक र एक हजार एक रुपियाँ पुरस्कार र प्रमाणपत्र उपलब्ध गराईएको देवकोटाले बताउनुभयो ।

प्रतियोगितामा मुसिकोट नगरपालिका भित्रका विभिन्न १५ वटा माध्यामिक तहका विद्यालयहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुनको प्रमुख आथित्यमा भएको प्रतियोगितामा मुसिकोट नगरपालिका वडा नम्वर १ का कार्यबहाक अध्यक्ष अञ्जना केसी बिसी, सशस्त्र प्रहरी निरीक्षक बल बहादुर बुढाथोकी, त्रिभुवन जनता माविका निमित्त प्रधानाध्यापक गोपिराम केसी लगायतको आतिथ्यता रहेको थियो ।

मञ्चका महासचिव गोविन्द थापाले सञ्चालन गर्नुभएको प्रतियोगिताको अध्यक्षता मञ्चका अध्यक्ष देव सिं ठकुरीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार