पत्रकार महासंघ रुकुम पश्चिमलाई मल्टी चार्जर हस्तान्तरण

पत्रकार महासंघ रुकुम पश्चिमलाई मल्टी चार्जर हस्तान्तरण

मुसिकोट । नेपाल टेलिकम रुकुम पश्चिमले नेपाल पत्रकार महासंघ रुकुम पश्चिमलाई मल्टी चार्जर सहयोग गरेको छ । एकै पटकमा धेरै मोबाइल चार्ज गर्न मिल्ने चार्जर हस्तान्तरण गरिएको नेपाल टेलिकम रुकुम पश्चिम कार्यालयका प्रमुख कृष्ण शर्माले जानकारी दिनुभयो ।

शुक्रबार महासंघको सम्पर्क कार्यालयमा पुगेर कार्यालय प्रमुख शर्माले महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चार्जर हस्तान्तण गर्नुभएको छ ।

अव पत्रकार महासंघमा आउने पत्रकार तथा अन्य व्यक्तिलाई चार्ज गर्न सहज हुने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष केसीले विश्वास व्यक्त गर्नुभयो । आकष्मिक अवस्थामा चार्जर नहुँदा समस्यामा परेकाहरुलाई यो चार्जरले विशेष लाभ पुग्ने उहाँले बताउनुभयो ।

यस्तै महासंघले चार्जर उपलब्ध गराउने नेपाल टेलिकम रुकुम पश्चिम कार्यालयलाई धन्यवाद ज्ञापन गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार