ओलम्पिक दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

ओलम्पिक दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

मुसिकोट । रुकुम पश्चिममा ओलम्पिक दिवसको अवसरमा पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।

जिल्लामा पहिलो पटक  जिल्ला ब्याडमिन्टन संघले भेट्रान (४५ वर्ष माथि)  र नन भेट्रान (४५ वर्ष मुनि) गरी दुई वटा इभेन्टमा ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको हो ।

आज एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले उद्घाटन गर्नुभयो हो । प्रतियोगितामा भेट्रान तर्फ ८ र नन भेट्रान तर्फ ५८ जोडिले भाग लिएका छन ।

जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मुसिकोट नगरपालिकाका उप-प्रमुख बिमल कुमार पुन र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकाल, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

खेल खलंगास्थित बराहटाकुरा कवर्डहलमा संचालन भइरहेको छ । प्रतियोगिता नकआउट सिष्टममा संचालन भइरहेको र भोलीसम्म जारी रहने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार