कर्णाली प्रदेश सरकारले सडक मर्मत सम्भार समूह बनाउने

कर्णाली प्रदेश सरकारले सडक मर्मत सम्भार समूह बनाउने

कर्णाली प्रदेश सरकारले रोजगारी सिर्जना पनि हुने र सडक पनि बाह्रै महिना सञ्चालन गर्नेगरी समूह निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो ।

‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ नारा अघि सार्दै प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो । जसअन्तर्गत समूह निर्माण गरेर दीर्घकालीन रोजगारीलाई टेवा पुर्‍याउने गरी सडक मर्मतसम्भारकर्ता राखेर रोजगारी सिर्जना गर्ने घोषणा गरेको हो । यस्तो कार्यले बाह्रै महिना सडक सञ्चालनका लागि सहज हुने प्रदेश सरकारको दाबी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार