आठविसकोटमा सञ्चालित विभिन्न योजनाको अनुगमन

आठविसकोटमा सञ्चालित विभिन्न योजनाको अनुगमन

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका क्षेत्र भित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । सोमबार आठविसकोट नगरपालिका र पूर्वाधार विकास कार्यालयबाट सञ्चालित विभिन्न आयोजनाहरुको संयुक्त अनुगमन गरिएको हो ।

आठविसकोट नगरपालिका वडा नम्बर ९ मा निर्माधिन प्रशासकीय भवन, वडा नम्बर ११ रातामाटामा पर्यटन पूर्वाधार अन्तरगतको मन्दिर, सोहि वडाकै किबि सिचाई योजना, कृषि उपज संकलन केन्द्र र भ्यूटावरको अनुगमन गरिएको हो ।

त्यसैगरी जनकल्यान माध्यमिक विद्यालयको भवन, कर्णाली बेभरेज, वडा नम्बर १० मा रहेको जनविकास माध्यमिक विद्यालय घारिखोला, लाली गुराँस आधारभुत विद्यालयको भवन, सरस्वती आधाभुत विद्यालयको भवन निर्माण योजना अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, उपप्रमुख देबहादुर बिक, आठविसकोट नगरपालिका प्रमुख रबि केसी, उपप्रमुख धन कुमारी शाही, आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, निमित्त जिल्ला समन्वय अधिकारी जित बहादुर ओली, ईन्जिनीयर घनश्याम शर्मा, नगरपालिकाका ईन्जिनीयर राजेश गौतम लगायतको टोलीले अनुगमन गरेको बताईएको छ ।

अनुगमन टोलीले अनुगमनका क्रममा प्राप्त सबल पक्षहरूको प्रशंसा गर्दै सुधार गर्नुपर्ने पक्षहरू औल्याउदै सच्याउन निर्देशन दिएको बताईएको छ ।

यस्तै अनुगमन टोलिले निर्माणाधिन योजनाहरुलाई तोकिएको समयमै सक्न र गुणस्तरीय काम गर्न समेत निर्देशन दिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार