पाँच जना फरार प्रतिवादी पक्राउ

पाँच जना फरार प्रतिवादी पक्राउ

मुसिकोट । रुकुम पश्चिममा विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विभिन्न मिति र समयमा विभिन्न अपराध कसुरमा संलग्न भई फरार अवस्थामा रहेका र अदालतबाट कैद तथा जरिवाना तोकिएका पाँच जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

असार १ गते लागु औषध चरेश मुद्धामा फरार रहेका आठविसकोट नगरपालिका ३ खदि निवासी ४५ वर्षका कर्णबहादुर खत्रीलाई पक्राउ गरिएको हो । खत्री बिरुद्ध अदालतबाट एक वर्ष चार महिना आठ दिन र पाँच हजार जरिवानाको फैसला भएको

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार अदालतको फैसला कार्यान्वयनको सिलसिलामा असार १ गते र असार ३ गते गरेर पाँच जनालाई पक्राउ गरिएको हो ।

त्यसैगरी आज आईतबार थप तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्धाका एक जना र सम्बन्ध बिच्छेद मुद्धाका तीन जनालाई पक्राउ गरिएको हो ।

यस्तै पक्राउ परेका सबैलाई कैद, जरिवाना असुल उपरको लागि रुकुम जिल्ला अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार