असारे भाका

असारे भाका

असारै मास खडेरी पर्याे गर्मी छ हपक्क
निस्किनु छैन खेत र बारी घरमै थपक्क
लाै ताे बा लाै लाै ,लाै ताे बा लाै लाै
गर्मी छ हपक्क,आहै घरमै थपक्क ।

धानकाे बीउ हातमै रह्याे बाँझै छ बियाड
बेसीकाे खेत टारीकाे बारी भए नि उजाड
लाै ताे बा लाै लाै ,लाै ताे बा लाै लाै
बाँझै छ बियाड,आह‌ै भए नि उजाड ।

प्रचण्ड धूप भएरै हाेला खाेला नै सुक्याे नि
नपाई पानी तर्कारी झाल झालम‌ै सुक्याे नि
लाै ताे बा लाै लाै,लाै ताे बा लाै लाै
खाेला नै सुक्याे नि,आह‌ै झालमै सुक्याे नि ।

हिलाकाे टिकाे लगाई खेती गर्ने याे बेलामा
किसान काेही देखिन्न कतै असारे मेलामा।
लाै ताे बा ला‌ै लाै ला‌ै ताे बा लाै लाै
गर्ने याे बेलामा,आह‌ै असारे मेलामा

हलाे र जुवा काँधमा छैन काेदाली हातमा
काले र गुरे गाेरू नै छैनन् हलीका साथमा
लाै ताे बा लाै लाै लाै ताे बा लाै लाै
काेदाली हातमा,आहै हलीका साथमा ।

घरमा छैन अन्नकाे दाना सिवाय बीउकाे
मर्नु कि बाँच्नु सङ्कट भयाे पापी याे जिउँकाे
लाै ताे बा लाै लाै लाै ता बा लाै लाै
सिवाय बीउकाे ,आहै पापी याे जिउँकाे ।

गर या मर आकाशे खेती बबुरा किसान
किसानै माथि द‌ैवले पनि लगायाे निसान
लाै ता बा लाै लाै ला‌ै ताे बा लाै लाै
बबुरा किसान, आह‌ै लगायाे निसान ।

जलकाे धनी देश रे हाम्राे सिंचाइ कहाँ छ
किसान हेर्ने विकास गर्ने सर्कार कहाँ छ ?
लाै ताे बा लाै लाै लाै ताे बा लाै
सिँचाइ कहाँ छ , आहै सर्कार कहाँ छ ?

पर्दैन खान नेताले अन्न धनक‌ै भकारी
हसुरी धन अजीर्ण भुँडी हिड्दछन् मुसारी
लाै ताे बा लाै लाै ,लाै ताे बा लाै लाै
धनकै भकारी , आहै हिड्दछन् मुसारी ।

कहिले सम्म पार्ने हाे पानी भ्यागुते बिहेले
सर्कार जिम्मा लिदैन किसान् दैवले जिम्मा ले
ला‌ै ताे बा ला‌ै लाै लाै ताे बा लाै लाै
भ्यागुते बिहेले,आहै दैवले जिम्मा ले ।

राम प्रसाद पन्थी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार